free website hit counter

सबै नेपालीलाई बीमाको दायरामा ल्याउने प्राइम लाइफको लक्ष्य

beemaadmin
२०७६ पुष ११, शुक्रबार

काठमाडौं । आक्रामक बजार विस्तारमा अघि बढेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनी एकै दिन ३ नयाँ कार्यालय शुभारम्भ गरेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश ५ अन्तर्गत वुटवलमा एकैदिन ३ कार्यालय शुभारम्भ गरेको हो । कम्पनीले दाङ जिल्लाको भालुबाङ, रुपन्देहीको रामापुर र नवलपरासीको बर्दघाटमा तीन वटै कार्यालय सञ्चालनमा ल्याएको हो ।
उक्त तीनै कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले गरे । सबै नेपाली नागरिकलाई जीवन बीमाको दायरामा ल्याउने उद्देश्यका साथ कम्पनीले कार्यालय विस्तार गरेको उनले सो कार्यक्रममा बताए ।
कम्पनीले बजारमा ल्यायका विभिन्न बीमा योजनाहरुको बारेमा जानकारी गराउँदै गत वर्षबाट बीमा बजारमा आएको बीमा क्षेत्रकै अत्यन्तै नौलो र फरक बीमा योजना प्राइम जीवन उपहार बीमा योजनाको बारेमा थप जानकारी गराउँदै यो बीमा योजना नेपाली बीमा बजारमा पृथक र ग्राहक मैत्री भएको भट्टराईले प्रस्ट्याए । कम्पनीका ५ नं. प्रदेश कार्यालय बुटवलका प्रमुख शिवप्रसाद पौड्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कम्पनीका सम्बन्धित शाखाका शाखा प्रमुखको सञ्चालनमा भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार