free website hit counter

सबै मृत्युलाई कोरोनासँग नजोडौं

beemaadmin
२०७६ चैत्र १७, सोमबार

काठमाडौं । जनमानस आतंकित बनेको बेला सबै मृत्युलाई कोरोनासँग जोडेको भन्दै त्यस्तौ नगनै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । गाउँघरमा कसैको मृत्युभयो भने कोरोनाकै कारण मृत्युभएको भन्दै मलामी समेत नजाने अवस्था आएको भन्दै मन्त्रालयले त्यसो नगर्न ध्यानाकर्षण गराएको छ । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘जो मर्‍यो, त्यो कोरोनाले मर्‍यो भन्ने ढंगले जसरी प्रचारप्रसार भएको छ । यो दुःखद् कुरा हो । उनकाअनुसार नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण विदेशबाट फर्किएकाहरुमा मात्र देखिएको छ र स्थानीय तथा समुदाय स्तरमा फैलिन पाएको छैन । साथै, अहिलेसम्म मृत्यु भएकाहरुको कोरोना परीक्षण गर्दापनि नेगेटिभ रिपोर्ट नै आएको छ । डा. कार्की भन्छन्, ‘अरुअरु रोगका कारण भएको मृत्युलाई पनि कोरोनाकै कारण भन्नु भनेको हामीलाई मनको त्रास असाध्यै भएको हो । उनकाअनुसार कोरोना संक्रमण भइसकेपछि पनि ८० प्रतिशत मानिस सामान्य रुघाखोकी लागेको समयमा भन्दापनि कम बिरामी हुन्छन् । १५ प्रतिशतलाई अस्पताल भर्ना गर्नुनपर्ने तर औषधि खानुपर्ने हुने र बाँकी पाँच प्रतिशतलाई मात्र अस्पताल भर्ना गर्नुपर्ने भन्दै उनले भने, ‘कोरोनाको संक्रमणको दर बढी छ। तर, कम मृत्यु हुने खालको रोग हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार