काठमाडौं । विश्व महामारी कोरोनाको कारण उत्पन्न असहज अवस्था बीचमा पनि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिकक वर्षको प्रथम त्रैमाससम्ममा सबै सूचांकमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४ करोड ७ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड १२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो ।
असोज मसान्तसम्म आइपुग्दा कम्पनीले जगेडा कोषमा २२ करोड ५० लाख रुपैयाँ संचिती गरेकोे छ । कम्पनीको बीमा कोषमा ५५ करोड ७२ लाख ८५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषको आकार ४७ करोड ९० लाख ४३ हजार रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवकिो तुलनामा कम्पनीको बीमा कोषमा १६ दशमलव ३३ प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा कम्पनीले १४ करोड २६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ४१ लाख रुपैयाँ खद बीमा शुल्क आर्जन गरेको थियो । गत आथिृक वर्षको सोही अवधिको तुलनामा कम्पनीकबो खुद बीमा शुल्क आर्जन १४ दशमलव ८७ प्रतिशतले बढी हो ।