काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले खुद बीमा शुल्क आर्जन १५५ प्रतिशतले बढेर ३४ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ ।
गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १३ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ७७ प्रतिशतले बढेर ३ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
गत बर्षको सोहि अवधिमा कम्पनीले १ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले लगानी कर्जा तथा अन्यबाट आय २३ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ । समिक्षा अवधिमा कम्पनीले यस अवधिसम्ममा ४२ वटा बीमा दाबी वापत १ करोड २० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने १५ करोड ३६ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा १ अर्ब १८ अर्ब रुपैयाँ संचित रहेको छ ।