काठमाडौं । नेपाली कांग्रेस सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएपछि सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका छन् । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले अप्रत्याशित हार बेहोरेको थियो। सभापति थापा समेत पराजित भएका थिए। कांग्रेसले ६ चैतका लागि बोलाइएको थियो। केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक रूपमा छलफल हुने बताइएको छ। भृकुटीमण्डपमा २७ देखि ३० पुससम्म भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।