free website hit counter

सभामुखमा सहमति जुटाउन बालुवाटारमा दूई अध्यक्ष

beemaadmin
२०७६ माघ ५, आईतवार

काठमाडौँ । संसदलाई समेत बन्धक बनाउँदै आएको सभामुख बन्ने व्यक्तिको छनोटका गर्न नेकपाका अध्यक्ष अध्यक्ष बालुवाटारमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहानदेखि दुई अध्यक्षबीच छलफल सुरु भएको हो ।

आ–आफ्नो अडानबाट दुई अध्यक्ष डेग नचलेपछि एक महिनादेखि एउटै मुद्दामा सिंगो देश अड्किएको छ । प्रधानमन्त्री केपी ओली पूर्व सभामुख सुभाष नेम्वाङको पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल पूर्व माओवादीको कोटामा सभामुख पर्नुपर्ने अडानमा छन् ।

गत बिहीबार र शुक्रबार पनि दुई अध्यक्षबीच कसलाई सभामुख बनाउने भन्नेमा छलफल भए पनि निश्कर्ष आउन सकेको थिएन । सभामुख छान्न नसकिएका कारण प्रतिनिधिसभा बैठक पटक पटक स्थगित हुदै आएको छ । प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गते अर्थात् भोलिका लागि बोलाइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार