free website hit counter

सभामुखमा सहमति जुटाउन बालुवाटारमा दूई अध्यक्ष

beemaadmin
२०७६ माघ ५, आईतवार

काठमाडौँ । संसदलाई समेत बन्धक बनाउँदै आएको सभामुख बन्ने व्यक्तिको छनोटका गर्न नेकपाका अध्यक्ष अध्यक्ष बालुवाटारमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहानदेखि दुई अध्यक्षबीच छलफल सुरु भएको हो ।

आ–आफ्नो अडानबाट दुई अध्यक्ष डेग नचलेपछि एक महिनादेखि एउटै मुद्दामा सिंगो देश अड्किएको छ । प्रधानमन्त्री केपी ओली पूर्व सभामुख सुभाष नेम्वाङको पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल पूर्व माओवादीको कोटामा सभामुख पर्नुपर्ने अडानमा छन् ।

गत बिहीबार र शुक्रबार पनि दुई अध्यक्षबीच कसलाई सभामुख बनाउने भन्नेमा छलफल भए पनि निश्कर्ष आउन सकेको थिएन । सभामुख छान्न नसकिएका कारण प्रतिनिधिसभा बैठक पटक पटक स्थगित हुदै आएको छ । प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गते अर्थात् भोलिका लागि बोलाइएको छ ।

सम्बन्धित समाचार