free website hit counter

समता घरेलु लघुवित्तद्वारा साधारणसभा आह्वान

beemaadmin
२०८१ माघ १५, मंगलवार

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । माघ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ११ औं साधारण सभा डाकेको हो । उक्त सभा धुलिखेलमा रहेको मिराबेल रिसोर्टमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरी कुल ५.६३१५७९० प्रतिशत लाभांश पारित हुनेछ । यस्तै अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग गाभ्नेरगाभिने ९मर्जर० वा प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने , वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन र सो संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न संचालक समिति वा संचालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धीत अनुसूचीहरु पारित गर्ने र चालु आवका लागि बाह्य लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०८१–८२ को वार्षिक कार्यक्रम, योजना तथा बजेट उपर छलफल तथा अनुमोदन गर्ने, वित्तीय संस्थाको सञ्चालक समितिमा १ जना महिला सञ्चालक सहित जम्मा ६ जना सञ्चालकहरु मध्ये संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले माघ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २३ गतेसम्म नेप्सेमा कायम भएका सेयरधनीहरु मात्रै संस्थाको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार