free website hit counter

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा बम्जनले पाए सफाइ

beemaadmin
२०८३ बैशाख २१, सोमबार

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा रामबहादुर बम्जनले अदालतबाट सफाइ पाएका छन्।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले उनीविरुद्ध लगाइएको आरोप प्रमाणित नभएको ठहर गर्दै सफाइ दिने फैसला गरेको हो।

Advertisement
Advertisement

गत वैशाख ८ गते बम्जनविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो। तर, पर्याप्त प्रमाण नपुगेको निष्कर्षसहित अदालतले उक्त मुद्दामा सफाइ दिएको हो।

Advertisement
Advertisement

यसअघि बाल यौन दुराचारको आरोपमा उच्च अदालत जनकपुरले पनि ६ चैत २०८१ मा बम्जनलाई सफाइ दिएको थियो। त्यसअघि जिल्ला अदालत सर्लाहीले १७ असार २०८१ मा उनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो, जसविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

बाराको रतनपुरी जंगलमा तपस्या गरेको भन्दै चर्चामा आएका बम्जन विभिन्न आरोपपछि फरार हुँदै आएका थिए। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बाल यौन दुराचारको आरोपमा १४ पुस २०८० मा काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो।

सम्बन्धित समाचार