free website hit counter

सम्पादक कँडेलको पाककला कृति बजारमा

beemaadmin
२०७६ मंसिर २२, आईतवार

काठमाडौं । खानपिनका पारखीहरुदेखि खानपिनकै क्षेत्रमा भविष्य खोज्ने युवाहरुका लागि मात्रै होइन व्यवसाय सञ्चालन गर्नेहरुलाई समेत लक्षित गरेर पाककला नामक पुस्तक बजारमा आएको छ । अर्थबीमा डट कमका सम्पादक एवं खानपिन खबर डटकमका व्यवस्थापक नुरराज कँडेलद्वारा लिखित उक्त पुस्तक हालै बजारमा आएको हो । २६ वर्षदेखि खाद्य तथा पेय क्षेत्रमा क्रियाशील सम्पादक कँडेलको यो चौधौं कृति हो । उक्त पुस्तकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकार तयार गर्ने १२ विधि, जान्नै पर्ने महत्वपूर्ण टिप्स, पोषणबारे जानकारी, भान्साको सरसफाई (हाइजीन) लगायत खानेपिउने कलासम्बन्धी सविस्तार वर्णन गरिएको छ । २ सय ४० पृष्ठको उक्त पुस्तक १३ अध्याय छन् । जयकाली प्रकाशन प्रालिले बजारमा ल्याएको यस पुस्तकको मूल्य ३२५ रहेको छ । पुस्तक देशभरका सबैजसो पुस्तक पसलहरुमा उपलब्ध छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार