free website hit counter

सम्पादक कँडेलको पाककला कृति बजारमा

beemaadmin
२०७६ मंसिर २२, आईतवार

काठमाडौं । खानपिनका पारखीहरुदेखि खानपिनकै क्षेत्रमा भविष्य खोज्ने युवाहरुका लागि मात्रै होइन व्यवसाय सञ्चालन गर्नेहरुलाई समेत लक्षित गरेर पाककला नामक पुस्तक बजारमा आएको छ । अर्थबीमा डट कमका सम्पादक एवं खानपिन खबर डटकमका व्यवस्थापक नुरराज कँडेलद्वारा लिखित उक्त पुस्तक हालै बजारमा आएको हो । २६ वर्षदेखि खाद्य तथा पेय क्षेत्रमा क्रियाशील सम्पादक कँडेलको यो चौधौं कृति हो । उक्त पुस्तकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकार तयार गर्ने १२ विधि, जान्नै पर्ने महत्वपूर्ण टिप्स, पोषणबारे जानकारी, भान्साको सरसफाई (हाइजीन) लगायत खानेपिउने कलासम्बन्धी सविस्तार वर्णन गरिएको छ । २ सय ४० पृष्ठको उक्त पुस्तक १३ अध्याय छन् । जयकाली प्रकाशन प्रालिले बजारमा ल्याएको यस पुस्तकको मूल्य ३२५ रहेको छ । पुस्तक देशभरका सबैजसो पुस्तक पसलहरुमा उपलब्ध छ ।

सम्बन्धित समाचार