free website hit counter

सम्पादक कँडेलको पुस्तक बजारमा

beemaadmin
२०७६ पुष १८, शुक्रबार

काठमाडौं । जीवन, निर्जिवन र पुनर्बिमा त्यसको महत्व, आवश्यकता, उत्पत्ति र विकासक्रम, बजार व्यवस्थापन, बीमा अधिकर्ताको व्यवसायिक दक्षता वृद्धि र ग्राहकहरुको सुविधा दिने प्रयोजनका लागि बीमासम्बन्धी सम्पूर्ण जानकारीमूलक पुस्तक ‘बीमा : सिद्धान्त र व्यवहार’ नामक पुस्तक बजारमा आएको छ ।

बीमासम्बन्धी लामो समयसम्म अध्ययन र लेखन कार्यमा सक्रिय रहनुभएका नुरराज कँडेल (नवराज) द्वारा लिखित उक्त पुस्तकलाई ब्रदर बुक्स प्रकाशन प्रालिले बजारमा ल्याएको हो । २३२ पृष्ठ भएको यस पुस्तकमा बीमासँग जोडिएका सबै पक्षलाई समेटिएको छ ।

बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुदेखि लिएर बीमा अभिकर्ता, ग्राहक तथा बीमासम्बन्धी खोज, अनुसन्धान, अध्ययन गर्न चाहने जो कोहीका लागि उक्त पुस्तक महत्वपूर्ण र सहयोगी सामग्री बन्ने विश्वास प्रकाशन गृहले लिएको छ । पुस्तकको मूल्य ३५० रहेको छ । पुस्तक देशभरका पुस्तक सबै पसलहरुमा उपलब्ध हुने बताइएको छ । दर्जनौं पुस्तकका लेखक कँडेल अर्थबीमा डटकम arthabeema.com का सम्पादक हुनुहुन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार