free website hit counter

सरकारले बढायो कर

beemaadmin
२०७६ कार्तिक २७, बुधबार

काठमाडौं । संघीयता कार्यान्वयनसँगै तीनै तहको सरकारले करको बोझ आम नागरिकमाथि थोपरेको आरोप खेपिरहेका बेला अर्थमन्त्री डा. युवराज खतिवडालले आर्थिक ऐन लागु भएको चार महिना नपुग्दै संशोधन गरेर करको दरमा हेरफेर गरेका छन् । यसले आम नागरिकलाई झनै कराको बोझा थपिएको छ ।

विभिन्न मुलुकहरुबाट नेपालभित्रिने कफी तथा कफी मिसिएको बस्तु आयातमा भन्सार महसुल १० प्रतिशत वृद्धि गरेपछि आयात निरुत्साहित हुँदै स्वदेशी उद्योगलाई राहत मिल्ने देखिएको छ । बढेको भन्सार महसुलले बंगलादेश, भारत, चीन, कोरिया, मलेसिया, थाइल्याण्ड, इटाली, इन्डोनेसीया र टर्कीबाट नेपाल भित्रिने कफीको मूल्य बढ्ने भएको छ ।

Advertisement
Advertisement

२०७६ कार्तिक २५ मा प्रकाशित नेपाल राजपत्रको सूचना अनुसार आर्थिक ऐन २०७६ को प्रावधानमा संसोधन गरिएको हो । सामान्यतया करको दर एक वर्षमा परिवर्तन हुने गर्दछ । हरेक वर्ष आउने बजेट र बजेट कार्यान्वयनका लागि ल्याइने आर्थिक ऐनमार्फत करका दरमा हेरफेर हुनुपर्ने हो । तर यसपटक अर्थमन्त्रीले बीचमै ऐन संशोधन गरेर करको दर हेरफेर गर्दै नागरिकलाई अझै ठूलो बोझ भिराएका छन् । करको दर परिवर्तन गरेसँगै कपालमा प्रयोग हुने कस्मेटिक मालसामानको अन्तुल्क ५ प्रतिशतले बढाएर १० प्रतिशत पुर्याएको छ ।

Advertisement
Advertisement

यस्तै फलाम तथा इस्पातको सरसफाइको सामानको ५ प्रतिशत अन्तशुल्क लगाउने निर्णय गरेको छ । विदेशबाट आयात हुने कफीमा १० प्रतिशत अन्तशुल्क लाग्ने भएको छ । कुखुरा पालक किसानलाई भने करको दरले फाइदा पुगेको छ । चल्ला कोरल्नको लागि निषेचित फुलहरुको पैठारीमा ५० प्रतिशत भन्सार महशुल छुट दिएको छ ।

रङ उद्योगले कच्चा पदार्थको रुपमा प्रयोग गर्ने एक्रेलिक इमल्सनमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएकोमा त्यसलाई २० प्रतिशतमा झारिएको छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर बनाइएको वाइन उद्योगमा लाग्दै आएको अन्तशुल्कमा ३० प्रतिशत छुट दिने व्यवस्था समेत नयाँ ऐनमा उल्लेख गरिएको छ । विदेशबाट आउने सामानको भन्सार शुल्क बढाएको छ । संसोधितक व्यवस्था अनुसार ५० ग्राम सुन ल्याउदा ३७ हजार ५०० रुपैयाँ शुल्क लाग्छ भने १०० ग्राम ल्याउदा ८० हजार रुपैयाँ भन्सार शुल्क तिनुपर्ने हुन्छ ।

सम्बन्धित समाचार