free website hit counter

सरकारले बोलायो राजदूतहरुलाई फिर्ता

beemaadmin
२०७८ आश्विन ६, बुधबार

काठमाडौं । सरकारले केपी ओलीको पालामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ओली नेतृत्वको सरकारका बेला राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिँदै भने, राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूताहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ । सरकारको यो पछिल्लो निर्णयसँगै पूर्व अर्थमन्त्री तथा अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशहरूमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् ।

सम्बन्धित समाचार