free website hit counter

सरकारले माग्यो ६ सय जना कम्प्युटर अपरेटर

beemaadmin
२०७६ मंसिर २६, बिहीबार

काठमाडौं । सरकारले ६०० जना कम्प्युटर अपरेटर माग गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले विभिन्न जिल्लामा ६०० जना कम्प्युटर अपरेटर माग गरेको हो । विभागले ६ जिल्लाका लागि आवश्यक कम्प्युटर अपरेटका लागि विज्ञापन खुलाएको हो । विभागले झापाका लागि १६४, ललितपुरका लागि ११७, कञ्चनपुरका लागि ९१, संखुवासभाका लागि ४०, गुल्मीका लागि ४१ जना र चितवनका लागि ११७ जना कम्प्युटर अपरेटरका लागि विज्ञापन खुलाएको हो ।
विभागले आगामी पुस ७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । जसमा १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको, प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्णय गरेको, कम्तीमा तीन महिना कम्प्युटर तालिम प्राप्त गरेको वा प्रविणता प्रमाणपत्र तह वा सोभन्दा माथिल्लो तहमा १०० पूर्णांकको कम्प्युटर विषय राखी उक्त तहमा उत्तीर्णय गरेको भएमा छुट्टै तालिमको प्रमाण पत्र आवश्यक नपर्ने उल्लेख गरेको छ ।
त्यस्तै, सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै काराबाहीमा नपरेको उल्लेख छ । विभागले कर्मचारीको दैनिक पारिश्रमिक १२ रुपैयाँ हुने र सार्वजनिक बिदाको दिनमा समेत काम गर्नुपर्ने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार