free website hit counter

सरकारी अधिकारीलाई यस्तो अवस्थामा सबै कर्मचारीले देखेपछि….

beemaadmin
२०७७ भाद्र १८, बिहीबार

एजेन्सी । जोशमा होस गुमाएपछि त्यसबाट निस्कने परिणा कोरोनाभाइरसका कारण धेरैजसो कार्यालयको काम अनलाइनमै भइरहेका छन् । बालबालिकाको पढाइदेखि बैठक पनि अनलाइनमै भइरहेका छन् । तर, प्रविधिको राम्रो ज्ञान नहुँदा वा लापरवाहीका कारण यस्ता घटना पनि क्यामेरामा कैद भइरहेका छन् जसले ठूलो समस्या सृजना गरिरहेको छ । यस्तै घटना फिलिपिन्समा भइरहेको छ । द सनको रिपोर्टअनुसार फिलिपिन्सका एक सरकारी अधिकारी जूम बैठकका क्रममा आफ्नै सेक्रेटरीसँग यौनमा लिप्त अवस्थामा रंगेहात समातिएका छन् । क्याभिटे प्रान्तमा फातिमा दास गाउँ काउन्सिलका सदस्यहरुको जूम बैठक चलिरहेको थियो । कामको सिलसिलामा अधिकारीहरुको यो बैठक दिनहुँ हुन्थ्यो तर २६ अगष्टमा भएको बैठकका क्रममा क्याप्टेन जीसन एस्टिल नामका अधिकारीबाट ठूलो गल्ती भयो । एस्टिललाई लाग्यो कि बैठक समाप्त भयो र केही समयपछि अर्को बैठक फेरि सुरु हुनेछ जबकि बैठक जारी थियो । एस्टिलले आफ्नो क्यामेरा अन नै छोडेर उठे र त्यही कोठामा सेक्रेटरीसँग रोमान्स गर्न थाले । यस क्रममा सबै कर्मचारी कन्फ्रेन्स कलमा लाइभ थिए । उनीहरुमध्ये एक स्टाफे आफ्नो फोनमा एस्टिलको यो हर्कतको भिडियो बनाए । केही समयपछि जब एस्टिललाई मिटिङमा पुनः जोडिने कुराको सम्झना भयो त्यतिबेला मात्रै उनले थाहा पाए कि क्यामेरा त अन नै थियो ।

हेर्दाहेर्दै यो भिडियो सामाजिक संजालमा भाइरल भयो । भाइरल भएसँगै मानिसहरु अधिकारीप्रति निकै आक्रोशित भए । केहीले त उजुरी नै हाले । घटनाको विवाद चर्किंदै गएपछि स्थानीय सरकारको विभागले एस्टिललाई छिटै जागिरबाट निकालिने बतायो । रिचर्ड जेरोनिमो नामका एक अधिकारीका अनुसार एस्टिलले यो घटनाको लागि माफी मागेका छन् । तर, यो सानो घटना नभएकोले उनले सजाय पाउने जेरोनिमोले बताए । भिडियो सार्वजनिक भएपछि एस्टिल र उनकी सेक्रेटरी दुवै लुकेर बसेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार