free website hit counter

सरकारी ल्याबमा पैसा तिरेर पिसिआर

beemaadmin
२०७७ भाद्र २१, आईतवार

काठमाडौं। निजी ल्याबलाई समेत कोरोना परीक्षणको अनुमति दिएको सरकारले अब सरकारी ल्याबमा पनि पैसा तिरेर कोरोनाको पीसिआर परीक्षण गराउन पाइने व्यवस्था गरेको छ । बीमा समितिले समेत निजी ल्याबको रिपोर्टलाई फेक भन्दै सरकारी ल्याबको रिपोर्टका आधारमा मात्रै कोरोना बीमा दाबी भुक्तानी दिने बताइरहँदा सरकारले सरकारी अस्पतालमा पैसा तिरेर कोरोनाको परीक्षण गराउन पाइने व्यवस्था मिलाएको हो ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा रहेका सबै सरकारी प्रयोगशलाबाट सशुल्क पीसीआर परीक्षण गराउन सकिने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सबै सरकारी प्रयोगशालाले आफूले पीसीआर परीक्षण गर्ने कुल संख्याको ५० प्रतिशत संख्या सशुल्क परीक्षण गर्न सक्ने मन्त्रालयले अनुमति दिएको बताए। उनका अनुसार यस्तो सशुल्क परीक्षण मापदण्डमा नपरेकाहरुको मात्र हुनेछ। उनले ल्याबले परीक्षण गर्ने कुल संख्याको ५० प्रतिशतसम्म शुल्क लिएर यस्तो परीक्षण गराउन सकिने बताए।

यसका लागि ती ल्याबहरुले पीसीआर परीक्षणका लागि आवश्यक पर्ने सबै मेडिकल सामान आफै खरिद गर्नुपर्नेसमेत प्रवक्ता गौतमले बताए। यस्तै मन्त्रालयले काठमाडौंस्थित वीर अस्पताललाई कोभिड डेडिकेड अस्पताल बनाउने निर्णय गरेको छ। वीर अस्पतालबाट दिइँदै आएको सेवा अब राष्ट्रिय ट्रमा सेन्टरबाट दिइने प्रवक्ता गौतमले बताए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार