free website hit counter

सर्जनको हत्या गरेर बीमा रकम लिने पाँचजना दोषी ठहर

beemaadmin
२०८० चैत्र ५, सोमबार

काठमाडौं । मान्छेले पैसालाई नै सबैथोक ठान्यो भने केसम्म गर्छ भन्ने कुरा बाँके कोहलपुरका युवा सर्जन विकको हत्याको घटनाले पुष्टि गरेको छ । सर्जनको हत्या गरेर बीमा रकम कुम्ल्याउने योजनामा संलग्न जीवन बीमा अभिकर्ता सहित पाँचजनालाई विशेष अदालतले सम्पत्ती शुद्धिकरणको मुद्दामा दोषी ठहर गरेको छ। आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले गरेको फैसलामा अर्का एकजनालाई मतियार ठहर गरिएको छ। विशेष अदालतका अनुसार सपना मल्ल, सरदार अहमद खाँ, दीपक केसी, छवि कुमारी खत्री, टोपबहादुर राना क्षेत्री र सञ्जीव अर्याललाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो। खत्रीको हकमा उनले लिएको रकम फिर्ता गर्नुपर्ने फैसला भएको छ भने बाँकी पाँचजनामाथि सम्पत्ती शुद्धिकरणको कसुर कायम भएको छ। प्रतिवादीहरूमाथि सजाय निर्धारण गर्न १३ चैतको पेसी तोकिएको उपरजिस्ट्रार धनबहादुर कार्कीले जानकारी दिएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत असोज २३ गते मुद्दा दायर गरेकोमा विशेष अदालतले कसुर पुष्टि हुने फैसला गरेको हो। प्रतिवादीहरूमाथि जिल्ला अदालत काठमाडौंमा किर्ते तथा ठगी मुद्दा चलिरहेको छ।

सम्बन्धित समाचार