free website hit counter

सर्लाहीको ईश्वरपुरमा प्रभु बैंकको शाखा

beemaadmin
२०७६ मंसिर १९, बिहीबार

काठमाडौं । शाखा सञ्जाल विस्तारको रहेको प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका–०६ स्थित बयलबासमा आफ्नो १ सय ९९औं शाखा संचालनमा ल्याएको छ । शाखाको ईश्वरपुर नगरपालिका प्रमुख मनोज कुमार देवकोटाले उद्घाटन गरे । शाखा उद्घाटन गर्दै मेयर देवकोटाले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीयकार्य गरेको बताए । उनले बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक पुर्‍याएको पनि बताए ।

सम्बन्धित समाचार