free website hit counter

सर्वाधिक कमाउने नेपाली खेलाडीको सूचिमा सन्दिप

beemaadmin
२०७६ कार्तिक ५, मंगलवार

काठमाडौं । आजभोलि पनि अभिभावकले आफ्ना बालबच्चालाई खेलकुदमा लगाउन खासै चाहँदैनन् । कोही बच्चाको रुचि खेलकुदतिर देखियो भने अभिभावकले भन्छन्, यो बिग्रियो । तर समय परिवर्तन भएको छ । नेपाली खेलाडीको भविष्य पनि एकपछि अर्को उज्वल देखिँदै गएको छ । नेपालकै खेलाडीहरुरुले पनि करोडौं कमाउन थालिसकेका छन् ।

नेपाली खेलाडीमध्ये खेलकुदबाट सबैभन्दा बढी पैसा कमाउनेमा सन्दीप लामिछाने पहिलो व्यक्ति बनेका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लिगमा अनुबन्धित हुने देखि विज्ञापनबाट करोडौं कमाएका छन् । जुन नपाली खेलाडीमध्ये अहिलेसम्मकै उच्च कमााई हो ।
नेपाली खेलाडीमध्ये अन्तर्राष्ट्रिय लिगमा अनुबन्धित भएर करोडभन्दा बढी रकममा अनुबन्धित हुनेमा पनि लामिछाने नै भएका छन् । यसअघि कुनै पनि नेपाली खेलाडी यति ठूलो रकममा अनुबन्धित भएका थिएनन् । सन्दीपलाई ओभल इन्भेन्सीबल्समा एक लाख पाउण्डमा अनुबन्धित गरेको छ । जुन डेढ करोड नेपाली रुपैयाँ बराबर हुनआउँछ ।

यसैगरी, बार्बाडोस ट्रिडेन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा अनुबन्धित गरेको छ । लामिछानेले क्यारेबियन लीगमा पाएको यो मूल्य अहिलेसम्मकै सर्वाधिक हो । यो रकम झन्डै ७८ लाख रुपैयाँ बराबर हो । उनले गत वर्ष पनि क्यारेबियन लिग खेलेका थिए । क्यारेबियन प्रिमियर लिग यो बर्ष सन् २०१९ अगस्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेस्ट इन्डिजमा आयोजना हुने तय भएको छ ।

सन्दीपले द हन्ड्रेडमा कर्नाटिकाबाट ४५ हजार अमेरिकी डलरमा अनुबन्धित भए । केही हप्ता अगाडि कर्नाटकाले उनलाई ४५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । नेपाली लेग स्पिनर सन्दिप लामिछाने आईपीएल खेल्ने पहिलो नेपाली हुन् । आईपीएलको बेन्गलुरुको अक्सनमा सन्दिपलाई दिल्ली डेयर डेभिल्स टिमले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो ।

सिप्रदी ट्रेडिङ प्रा.लि.ले उनलाई तीन वर्षको अनुबन्धमा हस्ताक्षर गरेको छ साथै उनलाई टाटा टिगोर कारबाट पुरस्कृत गरेको छ । यती कार्पेटले लामिछानेलाई नेपाली एक लाखले पुरस्कृत गरेको छ । यतीले उनलाई आई पि एलमा उत्कृष्ट प्रदर्शन गरेको कारण पुरस्कृत गरेको हो । सन्दीप विभिन्न कम्पनिको उत्पादनको विज्ञापनमा आवद्ध छन् । यसबाट उनले लाखौं आम्दानी गर्छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार