free website hit counter

सर्वोत्तम सिमेन्टको आईपीओको समयावधि थप, वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने अन्तिम दिन

beemaadmin
२०८० माघ १०, बुधबार

काठमाण्डौ । सर्वोत्तम सिमेन्टले उद्योग प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि भने आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका १ र २ रिब्दीकोट गाउँपालिकाको २, ३, ४ र ६ तिनाउ गाउँपालिकाको १, २ र ३ ,मायागढी गाउँपालिकाको ७ र ८ र निस्वी गाउँपालिकाको ७ मा बसोबास गर्ने स्थानीयका लागि ९ लाख ३० हजार कित्ता र बाँकी रहेको २७ लाख ७० हजार कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् २ लाख ६७ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । बुक बिल्डिंग विधिबाट निष्कासन गर्न लागिएको सेयरको मूल्य पूतिकित्ता ३६०.९० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। कम्पनीले पहिलो चरण अन्तर्गत योग्य संस्थागत लगानीकर्ताका लागि सेयर जारी गरिसकेको छ ।

सम्बन्धित समाचार