free website hit counter

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २५, मंगलवार

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १२ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा ३२।२९ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ९ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीको खुद आम्दानी भने घटेको छ । कम्पनीको खुद आम्दानीमा २.०५ प्रतिशतले घटेको छ । कम्पनीले अन्य आम्दानी ३ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको कुल खर्च भने बढेको छ । कुल खर्च ४.७६ प्रतिशतले बढेर ५२ करोड २८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको रिभ्यालुयसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको चुक्तापूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ८ करोड रुपैयाँ अल्पकालिन र १५ करोड २५ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब १७ करोड र कुल चालु दायित्व ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस ३.४६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २१२.७३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९८.८८ रुपैयाँ र तरलता अनुपात १.४६ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार