free website hit counter

सर्वोत्तम सिमेन्टको नाफा १७ करोड

beemaadmin
२०८१ श्रावण ३१, बिहीबार

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ भने खुद नाफा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ६ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ३८ करोड रुपैयाँ थियो। आम्दानी बढेपनि बिक्री लागत बढेपछि कम्पनीको खुद नाफा घटेको छ। अघिल्लो आर्थिक वर्ष २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्ष १७ करोड ४२ लाख रुपैयाँ मात्र नाफा कमाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १८.५१ प्रतिशत घटेको हो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा १८.०५ प्रतिशत घटेका छ भने अन्य आम्दानी २९८.९७ प्रतिशत बढेको छ। सो अवधिसम्ममा कम्पनीको कुल खर्च १३.९८ प्रतिशत घटेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ५३ पैसा घटेर ३ रुपैयाँ ७५ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा रहेको छ। ४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ४ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार