free website hit counter

सर्वोत्तम सिमेन्टले नियुक्त गर्यो बिक्री प्रवन्धक

beemaadmin
२०७७ चैत्र ४, बुधबार

काठमाडौं । सर्वोत्तम सिमेन्टले आइपीओ जारी गर्ने भएको छ । आईपीओ जारी गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी सर्वोत्तमले आईपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो । आजै कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ । सर्वोत्तमले बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने तयारी गरेको छ । आईपीओ जारी गरेको ३ महिनाभित्रै ३५ प्रतिशतसम्म लाभांश दिने समेत कम्पनीले दावी गरेको छ । ३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले १५ प्रतिशत अर्थात ६० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्दैछ । ७५० रुपैयाँ प्रतिकित्ता हुने गरी यसले आईपीओ जारी गर्ने कम्पनीको तयारी छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार