free website hit counter

सहकारीका १४ अर्ब हिनामिना गर्ने केदारनाथ पक्राउ

beemaadmin
२०८० असार १२, मंगलवार

काठमाडौं। शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ। करिब १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोपमा फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो। उनी भारतका एक विधायकको घरमा लुकेको अवस्थमा फेला परेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले भारतीय प्रहरीसँग गरेको समन्वयको आधारमा उनलाई भारतबाट सोमबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ। २०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था खोलेर उनले १४ अर्ब रुपैयाँ हिनामिना गरेको प्रहरीले जनाएको छ।
उनैले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए। तर संस्था संकटमा परेपछि अध्यक्ष शर्मा बेपत्ता भएका थिए। संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले सीआईबी र सहकारी विभागमा उजुरी दिएका पछि सिआइबीले अनुसन्धान शुरु गरेको थियो। प्रहरीका अनुसार उनले श्रीमतीको नाममा भारतमा पनि कम्पनी खोलेर काम गरिरहेका थिए। बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि पनि फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त दिएपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो। सरकारले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकरर्ताको रकम फिर्ता नगरेपछि सरकारले शिव शिखर सहकारीको सबै सिस्टर कम्पनीहरुको चल–अचल सम्पत्ति रोक्का गरेको थियो। सो सहकारीमा १० अर्ब बचत रहेको थियो। सोमध्ये १ अर्ब ९० लाख सदस्यमा ऋण लगानी र ८ अर्ब ६० करोड सो सहकारीका विभिन्न सिस्टर कम्पनीहरुमा लगानी गरेको देखिएको थियो। शिव शिखर अर्गनाइजेशनको सम्पत्तिको लगत चेक गर्दा कुल साढे १० अर्ब सम्पत्ति रहेको र ४ अर्ब ४६ अर्ब बैंकबाट ऋण लिएको देखिएको थियो।

सम्बन्धित समाचार