free website hit counter

सहयोगी विकास बैंकको नगद लाभांश घोषणा

beemaadmin
२०७६ कार्तिक १७, आईतवार

काठमाडौं । सहयोगी विकास बैंकले आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट शेयरधनीलाई १९.३ प्रतिशत लाभांश बाँड्ने घोषणा गरेको छ। बैंक सञ्चालक समितिको कार्तिक १६ गते शनिबार सम्पन्न बैठकले १९.३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
अघिल्लो आर्थिक वर्ष २०७४–०७५ मा बैंकले १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। बैंकलाई सिटिन्स बैंकले प्राप्ति गर्ने सम्झौता गरिसकेको छ। सोही कारणले बैंकलाई पूँजीवृद्धि गर्न आवश्यक नरहेकाले गत आवको मुनाफाबाट नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो।
सहयोगी विकास बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा १७.७४ प्रतिशतले खुद नाफा बढाएर १२ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार