free website hit counter

सही गर्नेले ढाँटेपछि रोकियो विपक्षी गठबन्धनको अदालत यात्रा

beemaadmin
२०७८ जेष्ठ ९, आईतवार

काठमाडौं । मेलो ढाँट्ने श्रमिकले जस्तो बचन दिएर हस्ताक्षर गर्न सबै सांसद नआएपछि विपक्षी मोर्चाको योजना एक दिन ढिला भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विपक्षी गठबन्धनले सोमबारमात्र रिट दायर गर्ने भएको छ । आज दिनभर विघटित प्रतिनिधि सभाका सदस्यहरुको हस्ताक्षर संकलन गर्न समय लागेपछि भोलिमात्र रिट दायर हुने भएको हो । राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवालाई बहुमतको सरकारको प्रधानमन्त्री बनाउन निवेदन दर्ता गर्दा हस्ताक्षरकर्ता तत्कालीन सांसदहरुको हस्ताक्षर आज संकलन भएको छ । तर, एमाले र जसपाका कतिपय हस्ताक्षरकर्ताले आज अनुपस्थिति जनाए । एमालेबाट २६ जनामध्ये २० मात्र हस्ताक्षर गर्न पुगेको बुझिएको छ । जसपाबाट पनि हस्ताक्षर गर्न सबै हस्ताक्षरकर्ता नपुगेको बुझिएको छ । यसकारण पनि रिट दायर गर्न भोलिलाई सारिएको बुझिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार