free website hit counter

सही गर्नेले ढाँटेपछि रोकियो विपक्षी गठबन्धनको अदालत यात्रा

beemaadmin
२०७८ जेष्ठ ९, आईतवार

काठमाडौं । मेलो ढाँट्ने श्रमिकले जस्तो बचन दिएर हस्ताक्षर गर्न सबै सांसद नआएपछि विपक्षी मोर्चाको योजना एक दिन ढिला भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विपक्षी गठबन्धनले सोमबारमात्र रिट दायर गर्ने भएको छ । आज दिनभर विघटित प्रतिनिधि सभाका सदस्यहरुको हस्ताक्षर संकलन गर्न समय लागेपछि भोलिमात्र रिट दायर हुने भएको हो । राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवालाई बहुमतको सरकारको प्रधानमन्त्री बनाउन निवेदन दर्ता गर्दा हस्ताक्षरकर्ता तत्कालीन सांसदहरुको हस्ताक्षर आज संकलन भएको छ । तर, एमाले र जसपाका कतिपय हस्ताक्षरकर्ताले आज अनुपस्थिति जनाए । एमालेबाट २६ जनामध्ये २० मात्र हस्ताक्षर गर्न पुगेको बुझिएको छ । जसपाबाट पनि हस्ताक्षर गर्न सबै हस्ताक्षरकर्ता नपुगेको बुझिएको छ । यसकारण पनि रिट दायर गर्न भोलिलाई सारिएको बुझिएको छ ।

सम्बन्धित समाचार