काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १८औं वार्षिक साधारण सभाले ८.९८३ प्रतिशत लाभांश पारित गरेको छ ।चैत १७ गते, लैनचौर ब्याङ्क्वेट, लैनचौरमा सम्पन्न भएको सभाले उक्त लाभांश पारित गरेको हो । सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रूपैयाँको ८.५३४ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.४४९ प्रतिशतले हुन आउने रकम एक करोड ३५ लाख २२ हजार २१३ रूपैयाँ ४० पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आव ०७८–७९ को वित्तीय विवरण पारित गरेको हो । साथै, सोही साधारण सभा मार्फत तपसिल बमोजिम संस्थापक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् । संस्थापक समूहबाट उज्जवल सत्याल, सुशिल काजी बानियाँ, सर्वसाधारण समूहबाट गंगा सागर ढकाल, लिसा शेरचन, संस्थापक समूहमा सुजन सिद्धि बज्राचार्य र सर्वसाधारण समूहबाट नरेश ढुंङगाना छन् ।