free website hit counter

सांसदलाई नागरिकतासहित भाेलि बोलाइयो

beemaadmin
२०७८ जेष्ठ ८, शनिबार

काठमाडौँ । प्रधानमन्त्री र राष्ट्रपतिको मनोमानी विरुद्ध विपक्षी गठबन्धन भोलि आइतबार सर्वोच्च जाने भएका छन् । संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध विपक्षी पाँच दलका नेताहरु आइतबार सर्वोच्च अदालत जाने भएका हुन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद र अन्य नेताहरु सर्वोच्च जाने पाँच दलको नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकले निर्णय गरेको हो ।
बैठकपछि मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तरिकाले षड्यन्त्रपूर्वक संसद विघटन गरेकाले यसको सबै किसिमबाट प्रतिवाद गरिने बताए । उनले आइतबार १४९ सांसद र यो विघटनको विपक्षमा रहेका अन्य सांसदहरुको हस्ताक्षरसहित सर्वोच्च जाने बताए । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भोलि आइतबार १ बजे संसद् भवनमा सबै सांसदहरुलाई नागरिकतासहित बोलाइएको बताइन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार