free website hit counter

सांसदलाई नागरिकतासहित भाेलि बोलाइयो

beemaadmin
२०७८ जेष्ठ ८, शनिबार

काठमाडौँ । प्रधानमन्त्री र राष्ट्रपतिको मनोमानी विरुद्ध विपक्षी गठबन्धन भोलि आइतबार सर्वोच्च जाने भएका छन् । संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध विपक्षी पाँच दलका नेताहरु आइतबार सर्वोच्च अदालत जाने भएका हुन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद र अन्य नेताहरु सर्वोच्च जाने पाँच दलको नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकले निर्णय गरेको हो ।
बैठकपछि मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तरिकाले षड्यन्त्रपूर्वक संसद विघटन गरेकाले यसको सबै किसिमबाट प्रतिवाद गरिने बताए । उनले आइतबार १४९ सांसद र यो विघटनको विपक्षमा रहेका अन्य सांसदहरुको हस्ताक्षरसहित सर्वोच्च जाने बताए । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भोलि आइतबार १ बजे संसद् भवनमा सबै सांसदहरुलाई नागरिकतासहित बोलाइएको बताइन् ।

सम्बन्धित समाचार