free website hit counter

सांसद मेटमणिविरुद्ध बैंकिङ्ग कसुरमा उजुरी

beemaadmin
२०८२ असार ६, शुक्रबार

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत उजुरी परेको छ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ्ग कसुरमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्र बहादुर शाहले बताए। प्रवक्ता शाहले बैंकिङ्ग समाचारसँग कुरा गर्दै भने, उहाँ विरुद्ध दुई–तीन दिन अगाडि हुलाक मार्फत उजुरी परेको हो। हुलाकबाट आएको उजुरीलाई सनाखत गर्नुपर्छ। हुलाक पठाउने व्यक्तिको सनाखत नभएकाले उजुरी दर्ता भएको छैन। साथै, शाहले उजुरी दर्ता र लगायतका थप अनुसन्धान प्रक्रिया उक्त व्यक्ति आएपछि मात्र अघि बढ्ने बताए। चौधरीविरुद्ध जाहेरी दिनेको बारेमा उजुरी दर्ता नभएसम्म खुलाउन नमिल्ने प्रवक्ता शाहले बताए।

सम्बन्धित समाचार