free website hit counter

सांसद हराएपछि होटलमा धुइपत्ताल

beemaadmin
२०७८ श्रावण १६, शनिबार

काठमाडौं । सत्तामा अल्पमत र बहुमतको खेल शुरु भएपछि सांददहरु हराउनु अनौठो होइन । लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी वली हराएपछि माओवादी नेताहरूले होटल–होटलको निगरानी गर्न थालेका छन् । माओवादी नेताहरूको एक हुल एकाबिहानै वली निवास तुल्सीपुर पुगेपनि खाली हात फर्किए । सांसद विमला तुल्सीपुरमा छैनन्। आफन्तले उनी उपचारका लागि नेपालगञ्ज गएको बताएता पनि माओवादी स्रोतका अनुसार बुटवल मुख्यमन्त्री कार्यालयमै छिन् ।
शनिबार बिहान एक्कासी उनी नेताहरूको सम्पर्क बाहिर रहेको सूचना आएपछि माओवादीहरू बुटवलका होटल–होटल दौडिरहेका छन् । तर विमला कतै भेटिइनन्,बल्ल तल्ल माओवादीमा प्रवेश गरेकी सांसद मुख्यमन्त्री पद मुखमै आउन लाग्दा हराएपछि माओवादी नेताहरू एमालेको कलाकौशलदेखि हैरान भएका छन् । संसदीय संकटका बेला एमाले सांसदहरू थुनिने होटलमा बिहानैदेखि माओवादीहरू विभिन्न भेषमा डुलिरहँदा समेत दंगाली ‘भाउजू कमरेड’ भेटिइनन्। माअ‍ेवादी र कांग्रेसहरूले मुख्यमन्त्रीको दौडमा रहेका कुलप्रसाद केसीसँग गहन छलफल गरिरहेका छन् । मुख्यमन्त्रीले नै सांसद अपहरण गरेको उनीहरूको आरोप छ। यता एमालेहरूको निगरानीमा रहेकी विमला भने आफू एमाले नै भएको बताउँछिन्।

सम्बन्धित समाचार