free website hit counter

साउनमा निर्जीवन बीमा व्यवसाय २३ प्रतिशतले बढ्यो

beemaadmin
२०८३ भाद्र १८, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा निर्जीवन बीमा व्यवसाय २३ प्रतिशतले वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूले एक महिनामै ५ अर्ब ४० करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

गत आर्थिक वर्ष २०८२/८३ को साउनमा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। यस वर्षको सोही अवधिमा बीमाशुल्क संकलन १ अर्बभन्दा बढीले बढेको हो। पहिलो महिनामै व्यवसायमा देखिएको यो वृद्धिले निर्जीवन बीमा क्षेत्रमा उत्साहजनक सुरुवात भएको संकेत गरेको छ।

हाल नेपालमा १४ वटा ठूला र चारवटा लघु निर्जीवन बीमा कम्पनी गरी कुल १८ वटा कम्पनी सञ्चालनमा छन्। तर, साउनमा देखिएको व्यवसाय विस्तारलाई आगामी महिनामा भने भदौ १० गते आएको विनाशकारी बाढीले प्रभावित पार्न सक्ने देखिएको छ। उक्त बाढीबाट ठूलो जनधन तथा भौतिक क्षति भएपछि बीमा कम्पनीहरूमा ठूलो परिमाणमा दाबी पर्न थालेका छन्। बाढीबाट मात्रै झण्डै २६ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परिसकेको बताइएको छ।

साउनमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। कम्पनीले ५६ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५५ करोड ३२ लाख रुपैयाँ तथा तेस्रो स्थानको एनएलजी इन्स्योरेन्सले ५३ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

त्यस्तै, शिखर इन्स्योरेन्सले ५१ करोड २० लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४६ करोड ७६ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४४ करोड ७१ लाख रुपैयाँ र दि ओरियन्टल इन्स्योरेन्सले ४४ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

नेको इन्स्योरेन्सले ३८ करोड ८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ३३ करोड २३ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले २७ करोड २ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले २५ करोड २७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

सानिमा जीआईसी इन्स्योरेन्सले २४ करोड ३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १९ करोड २ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १४ करोड ६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

लघु निर्जीवन बीमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। नेपाल माइक्रो इन्स्योरेन्सले १ करोड ७८ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्सले १ करोड ७६ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

कुन कम्पनीले कति बीमाशुल्क संकलन गरे ?

  • हिमालयन एभरेष्ट – ५६ करोड २५ लाख रुपैयाँ
  • सगरमाथा लुम्बिनी – ५५ करोड ३२ लाख रुपैयाँ
  • एनएलजी – ५३ करोड ४६ लाख रुपैयाँ
  • शिखर – ५१ करोड २० लाख रुपैयाँ
  • सिद्धार्थ प्रिमियर – ४६ करोड ७६ लाख रुपैयाँ
  • आईजीआई प्रुडेन्सियल – ४४ करोड ७१ लाख रुपैयाँ
  • दि ओरियन्टल – ४४ करोड ३७ लाख रुपैयाँ
  • नेको – ३८ करोड ८ लाख रुपैयाँ
  • युनाइटेड अजोड – ३३ करोड २३ लाख रुपैयाँ
  • नेशनल इन्स्योरेन्स – २७ करोड २ लाख रुपैयाँ
  • नेपाल इन्स्योरेन्स – २५ करोड २७ लाख रुपैयाँ
  • सानिमा जीआईसी – २४ करोड ३ लाख रुपैयाँ
  • राष्ट्रिय बीमा कम्पनी – १९ करोड २ लाख रुपैयाँ
  • प्रभु – १४ करोड ६ लाख रुपैयाँ
  • प्रोटेक्टिभ माइक्रो – २ करोड २६ लाख रुपैयाँ
  • नेपाल माइक्रो – १ करोड ७८ लाख रुपैयाँ
  • स्टार माइक्रो – १ करोड ७६ लाख रुपैयाँ
  • ट्रस्ट माइक्रो – १ करोड ४९ लाख रुपैयाँ

सम्बन्धित समाचार