free website hit counter

साझाले थाल्यो सुरक्षाको उपाय स्यानिटाइजर छर्केर यात्रा

beemaadmin
२०७६ चैत्र ४, मंगलवार

काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि साझा यातायातले बसभित्र स्यानिटाइजर छर्केरमात्र सेवा सुरु गर्न थालेको छ । यात्रुहरुको सुरक्षालाई प्राथमिकतामा राख्दै स्यानिटाइजर छर्किसकेपछि मात्र बसहरु आ–आफ्नो रुटमा निस्कने गरेको साझा यातायातले जनाएको छ । साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेका अनुसार अनुसार यही चैत एक गतेदेखि हरेक दिन सबै बसहरु सफा गरेर किटाणु नाशक स्प्रे गर्ने गरिएको छ । बसभित्र सिट, ह्याण्डलजस्ता बढी छोइने वस्तुहरुमा पनि स्यानिटाजरले पटक–पटक सफा गर्ने गरेको उनले बताए । पाण्डेका अनुसार बसका चालक र परिचालकहरुलाई स्वास्थ्य परीक्षण गरेर मात्र काममा खटाउने गरिएको छ । उनीहरु सबैले मास्क पनि लगाउने गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन व्यक्तिगत दूरी राख्नु पर्ने भएकाले साझा बसका चालक र परिचालकहरुले सकेसम्म बसमा खचाखच यात्रुहरु नभर्ने पाण्डेले जानकारी दिए ।

सम्बन्धित समाचार