free website hit counter

साढे १२ हजार अभिकर्ता थपिए, कुन बीमकमा कति ?

beemaadmin
२०८० भाद्र १२, मंगलवार

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनामा १२ हजार ४५६ अभिकर्ताले लाइसेन्स प्राप्त गरेका छन्। नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार बीमा कम्पनीहरुले साउन महिनामा साढे १२ हजार अभिकर्तालाई इजाजतपत्र दिलाएका हुन्। प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनी, दुई निर्जीवन र दुई लघुबीमा कम्पनी गरी कुल १८ वटा कम्पनीबाट १२ हजारभन्दा बढी अभिकर्ताले लाइसेन्स पाएका हुन्। प्राधिकरणले अभिकर्ता लाइसेन्स वितरणमा कडाइ गरेको छ। अभिकर्ता लाइसेन्स लिनका लागि अनिवार्य लिखित परिक्षाको व्यवस्था रहेको छ। साउन महिनामा १८ बीमा कम्पनीबाट लिखित परीक्षा दिई लाइसेन्स प्राप्त गर्नेको संख्या १२ हजारभन्दा बढी पुगेको प्राधिकरणले जनाएको छ। सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सबाट २ हजार ५११ जनाले अभिकर्ता लाइसेन्स प्राप्त गरेका छन्। त्यस्तै नेशनल लाइफबाट १ हजार ५९८, सूर्यज्योति लाइफबाट १ हजार ३३३, हिमालयन लाइफबाट १ हजार २२०, एसियन लाइफबाट ९८२, सानिमा रिलायन्सबाट ९०६, एलआईसी नेपालबाट ८८९, सिटिजन लाइफबाट ६५६, रिलायबल नेपाल लाइफबाट ६२९ जना, प्रभु महालक्ष्मी लाइफबाट ४७१ जना, आईएमई लाइफबाट ४११, सन नेपाल लाइफबाट ४०५, मेट लाइफबाट ३२४ जना र राष्ट्रिय बीमा संस्थानबाट ३९ जनाले अभिकर्ता लाइसेन्स प्राप्त गरेका छन्। यता निर्जीवन बीमातर्फ ६ जनाले मात्रै अभिकर्ता लाइसेन्स पाएका छन्। जसमध्ये हिमालयन एभरेस्टबाट ४ जना र शिखर इन्स्योरेन्सबाट २ जना अभिकर्ता थपिएका छन्। यसका साथै भर्खरै व्यवसाय थालेका दुई लघुबीमा कम्पनी क्रेष्ट माइक्रो लाइफ र गार्डियन माइक्रो लाइफले पनि अभिकर्ताको संख्या बढाउन सफल भएको छ। लघुबीमा व्यवसायमा विस्तारसँगै गार्डियन माइक्रो लाइफले साउनमा ४९ अभिकर्तालाई इजाजतपत्र दिलाएको छ। त्यस्तै क्रेष्ट माइक्रो लाइफले पनि २७ जनालाई अभिकर्ता लाइसेन्स दिलाउन सफल भएको छ।

सम्बन्धित समाचार

beemaadmin
२०८१ बैशाख २७, बिहीबार