free website hit counter

साढे २१ प्रतिशत बढ्यो वाणिज्य बैंकहरुको नाफा

beemaadmin
२०८१ कार्तिक ७, बुधबार

काठमाडौं । अर्थतन्त्र सुस्त भए पनि बैंक तथा वित्तिय संस्थाहरुको अवस्था भने राम्रो रहेको छ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत बढी हो। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिसम्ममा यी बैंकहरुले १३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए। समीक्षा अवधिमा केही बैंकहरुले खुद नाफा उच्च दरमा बढाएका छन् भने केनी बैंकहरुको नाफा घट्को छ।

नबिलले कमायो सर्वाधिक नाफा
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ। सो बैंकले पहिलो ३ महिनामा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९।९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। त्यस्तै, सो अवधिसम्ममा ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, कुमारी बैंक र प्रभु बैंकले १ अर्बभन्दा बढी नाफा कमाएका छन्। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ८८ करोड ८० लाख रुपैयाँ नोक्सानीमा रहेको कृषि विकास बैंकले भने यस वर्षको सोही अवधिसम्ममा १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। असोज मसान्तसम्ममा सबैभन्दा कम नाफा भने एनआईसी एशिया बैंकको रहेको छ। बैंकले सो अवधिसम्ममा ११ करोड ५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। गत आर्थिक वर्षको सो अवधिसम्ममा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको यस्तो नाफा ८९।०६ प्रतिशत घटेको हो।
समीक्षा अवधिमा सिद्धार्थ बैंकको नाफा सबैभन्दा बढी ७९१.४३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४ करोड २८ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, सर्वाधिक नाफा बढाउन अन्य बैंकहरुमा भने लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र कुमारी बैंक रहेका छन्। समीक्षा अवधिमा ७ वाणिज्य बैंकहरुको खुद नाफा भने घटेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, हिमालयन बैक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकको खुद नाफा समीक्षा अवधिमा घटेको हो। जसमध्ये एनआईसी एशिया बैंकको खुद नाफा सर्वाधिक ८९.०६ प्रतिशत घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ८२.४० प्रतिशत घटेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार