काठमाडौं । आइतबार बढेको सुनचाँदीको भाउ सोमबार घटेको छ । साउन १५ गते सुन तोलामा ३०० रुपैयाँले घटेको छ । चाँदी पनि आज तोलामा पाँच रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक लाख १२ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा झरेको छ । अघिल्लो कारोबार दिन, सुनको भाउ वृद्धि भएको थियो। हिजो सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ९०० रुपैयाँ पुगेको थियो। सोमबार चाँदीको मूल्य पनि सस्तिएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ४५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । आइतबार भने चाँदीको मूल्य बढोत्तरी भएको थियो । हिजो चाँदी तोलामा पाँच रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो ।