free website hit counter

साताको पहिलो दिन सुनको कारोबार कतिमा हुँछैन ?

beemaadmin
२०८० आश्विन २१, आईतवार

काठमाडौं । आइतबार सुनचाँदीको भाउ बढेको छ । असोज २१ गते, सुन तोलामा ३०० रुपैयाँले महंगिएको छ । चाँदी पनि यस दिन प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७ हजार ६०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख ७ हजार ३०० रुपैयाँ कायम रहेको थियो । साताको पहिलो दिन, चाँदी तोलामा २० रुपैयाँले बढेको थियो । आज प्रतितोला एक हजार ३३० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदी स्थिर रहेर प्रतितोला एक हजार ३१० रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार