free website hit counter

साताको शुरुमै बढ्यो सुन

beemaadmin
२०८० असार २४, आईतवार

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासङ्घले आजको बजार भाउ तय गर्दै गत साताको शुक्रवारको तुलनामा सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो ।आज तोलामा ७०० रुपैयाँले सुनको मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ । गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम थियो । शुक्रवार सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घटेर कारोबारमा आएको थियो । यस्तै, आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज आइतबार १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार