free website hit counter

सातामा ९ हजारले घट्यो सुनको मूल्य

beemaadmin
२०८२ माघ २४, शनिबार

काठमाडौं । यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले घट्यो। मूल्य घटेसँगै त्यसदिन प्रतितोला सुन ३ लाख रुपैयाँमा कारोबार भयो। यस्तै, सोमबार १३ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भयो। आइतबार र सोमबार लगातार घटेको सुनको मूल्य मंगलबार भने बढ्यो। मंगलबार ३ हजार ७ सय रुपैयाँले बढेसँगै त्यसदिन प्रतितोला सुन २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भयो। यस्तै, बुधबार तोलामा १४ हजार ४ सय रुपैयाँले बढ्दै ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार तोलामा ९ हजार ५ सय रुपैयाँले बढ्दै २ लाख ९५ हजार २ सय रुपैयाँ पुग्यो। यस्तै, साताको अन्तिम कारोबारको दिन शुक्रबार ४ हजार २ सय रुपैयाँले घट्दै २ लाख ९१ हजार रुपैयाँमा कारोबार भयो। समग्रमा यो साता सुनको मूल्य ९ हजार रुपैयाँले घट्यो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार