free website hit counter

सातै प्रदेश सरकारलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

beemaadmin
२०७६ चैत्र ९, आईतवार

काठमाडौं । कोरोना रोकथाम तथा उपचार प्रक्रिया थप प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशलाई विशेष सर्कुलर पठाउँदै चिकित्सकहरु परिचालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको मन्त्रिस्तरको निर्णयअनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) रोगका कारण नेपालले समेत विशेष तयारी तथा उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन प्रदेश अन्र्तगत कार्यरत मेडिकल अधिकृत, वा सो सरह शैक्षिक योग्यता भएका, वरिष्ठ चिकित्सकहरु तथा नेपाल सरकारको छात्रवृतिमा अध्ययन एमडीएमएसका विद्यार्थी तथा एमवीवीएस का विद्यार्थीहरुलाई कोरोना रोकथाममा लाग्न र खटाउन निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयले चार बुँदे सर्कुलर जारी गर्दै प्रदेश अन्तर्गत सरकारको छात्रवृत्तिमा अध्ययनपछि कार्यरत मेडिकल अधिकृतहरु, एमबीबीएस वा सो सरह शैक्षिक योग्यता भएकाहरुलाई खटाएको निकायमा न्युनतम सेवा प्रवाह नरोकिने गरी अवाश्यक्ता अनुसार परिचालन गर्न सातै प्रदेशलाई निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयको निर्देशनमा प्रदेश अन्तर्गत सञ्चालन रहेका मेडिकल कलेजहरुमा सरकारको छात्रवृतिमा अध्ययन गरिरहेका एमवीवीएस विद्यार्थीहरुलाई आवाश्यक समन्वय गरेर कोभिड १९ नियन्त्रणमा सहयोगिको रुपम परिचालन गर्न भनिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार