free website hit counter

सातौं वार्षिक साधारण सभा सम्पन्न

beemaadmin
२०७७ असार २३, मंगलवार

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष संजिव सुब्बद्वारा प्रस्तुत आव २०७५÷०७६ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले बताए । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७६ आषाढ मसान्तको वासलात, आव २०७५÷०७६ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गरेको बताइएको छ ।
संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ०.६३२ प्रतिशतका दरले हुन आउने रु. २५,५७,९९३।४२ नगद लाभांश वापत वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको बताइएको छ । साधारण सभावाट सर्वसाधारण समूह तर्फवाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु जितेन्द्र बाहेति र सविता सापकोटा निर्वाचित भएका छन् । सञ्चालक समितिका अध्यक्ष संजिव सुब्बाले संस्थामा प्रबिधिको उच्चतम प्रगोग गर्दै आउँदा दिनमा थप कार्यगत चुस्तता ल्याउने र गा्रहक सदस्यहरुको कारोवार थप सुरक्षीत बनाउँदै लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

सम्बन्धित समाचार

ऐतिहासिक उचाईमा पुग्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन १३, मंगलवार

नेप्सेको सीइओ नियुक्तिको लागि समिति गठन

beemaadmin
२०८१ फाल्गुन १२, सोमबार