free website hit counter

सात फर्मले पाए चिनी आयातको अनुमति

beemaadmin
२०८१ श्रावण ३२, शुक्रबार

काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १९ हजार मेट्रिक टन चीनि आयात गर्नका लागि सातवटा फर्महरुलाई अनुमति दिएको छ । साउन २३ गते भारतबाट चिनि आयात गर्न विभागले जारी गरेको सूचनामा ७३ वटा फर्म तथा कम्पनीको आवेदन परेको थियो । प्राप्त आवेदनमध्ये पहिला आवेदन दिने सात वटा फर्मलाई चिनि आयातका लागि मनुमति दिइएको हो । यसरी अनुमति पाउने फर्महरुमा मयुरी ट्रेडलिङ्क, प्रणाम ट्रेडर्स, शिवाय इन्टरनेशल, विशाल ट्रेडलिङ, प्रणाम इन्टरनेशनल, सिजन इन्टरप्राइजेज र शिवशंकर ट्रेड कन्सर्न रहेका छन् । विभागका स्रोतकाअनुसार, चिनि आयात गर्नेगरी स्वीकृति पाएका फर्महरुलाई तीन दिनभित्र सम्झौता गर्न विभागमा सम्पर्क गर्न अनुरोध गरिएको छ । आयात गरिएको चिनी साल्ट ट्रेडिङ कर्पोरेशनले निर्धारण गरेको चिनीको मूल्यमा उपभोक्ताले पाउने गरी बिक्री गर्नु पर्ने शर्त राखिएको छ । नजिकिँदो चाड पर्वलाई लक्ष्यित गरी चिनी आयातका लागि विभागले ट्रेडिङ कम्पनीमार्फत् ल्याउन लागेको हो । यसअघि उद्योगीहरुलाई उक्त कोटा वितरण गरिएको भए पनि मन्त्रालयले एक महिना नपुग्दै एकतर्फी सम्झौता रद्द गर्दै ट्रेडिङ कम्पनीलाई चिनी आयात खुलाएको थियो ।

सम्बन्धित समाचार