free website hit counter

सात महिनामा जीवन बीमाको व्यापार १ खर्ब

beemaadmin
२०८१ फाल्गुन १६, शुक्रबार

काठमाडौं । आर्थिक रुपमा मुलुक जर्जर भए पनि वित्तीय क्षेत्रको अवस्था भने सन्तोषजनक नै छ । जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो ७ महिनामा झन्डै १ खर्ब रुपैयाँको बराबरको व्यापार गरेका छन् । ७ महिनामा १४ वटा जीवन बीमा र ३ वटा लघु बीमाले संयुक्त रुपमा ९६ अर्ब १ करोड १८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । कम्पनीहरुले पहिलो प्रिमियमबापत् १८ अर्ब ७७ करोड ७९ लाख, वैदेशिक रोजगार प्रिमियमबापत् १ अर्ब ९७ करोड ६१ लाख र नवीकरण प्रिमियमबापत् ७५ अर्ब २५ करोड ७७ लाख रुपैयाँ संकलन गरेका छन् । ७ महिनामा सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ अगाडि रहेका छन् । कम्पनीले २६ अर्ब ५४ लाख रुपैयाँ संकलन प्रिमियम संकलन गरेको छ जसमा पहिलो प्रिमियम बापत् ४ अर्ब ५९ करोड रुपैयाँ, वैदेशिक रोजगार प्रिमियमबापत् १९ करोड ६६ लाख र नवीकरण प्रिमियमबापत् २१ अर्ब २१ करोड ७४ लाख रुपैयाँ संकलन गरेका छन् । कुल प्रिमियम संकलनमा दोस्रो रहेको नेसनल लाइफ इन्स्योरेन्सले ११ अर्ब २३ करोड रुपैयाँ, तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेनसले ११ अर्ब १७ करोड रुपैयाँ संकलन गरेका छन् । हिमालयन लाइफले ९ अर्ब ९० कराड, सुर्य ज्योतिले ५ अर्ब ९५ करोड, एसियन लाइफले ५ अर्ब ७ करोड, सिटिजन लाइफले ३ अर्ब ९८ करोड, सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड, मेट लाइफले ३ अर्ब ७३ करो, आईएमई लाइफले २ अर्ब ९० करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ८५ करोड, रिलायवल नेपाल लाइफले २ अर्ब ७९ करोड र सन नेपाल लाइफले २ अर्ब ३८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । लघु बीमा कम्पनीमध्ये गार्जियन माइक्रा लाइफले २४ करोड ५१ लाख, क्रेस्ट माइक्रो लाइफले २२ करोड ८४ लाख र लिबर्टी माइक्रो लाइफले १५ करोड १६ लाख रुपैयाँ गरी कुल ६२ करोड ५२ लाख रुपैयाँको बीमा प्रिमियम संकलन गरेका छन् ।

सम्बन्धित समाचार