free website hit counter

सात विश्वविद्यालयमा एकैसाथ उपकुलपति नियुक्त, यी हुन् नयाँ नेतृत्व

beemaadmin
२०८३ असार २०, शनिबार

काठमाडौं । सरकारले देशका सात वटा विश्वविद्यालयमा एकैसाथ उपकुलपति नियुक्त गरेको छ।

ती विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले विभिन्न विश्वविद्यालयका लागि नयाँ उपकुलपतिहरू नियुक्त गरेका हुन्।

Advertisement
Advertisement

नियुक्तिअनुसार त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपतिका रूपमा नियुक्त भएका छन्।

Advertisement
Advertisement

सरकारले एकैपटक सात विश्वविद्यालयमा नयाँ नेतृत्व नियुक्त गरेसँगै सम्बन्धित विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार