free website hit counter

साथीकाे मृत्यपछि विद्यार्थीले पोखे आक्रोश

beemaadmin
२०७६ पुष ७, सोमबार

काठमाडौं । बसको ठक्करबाट स्नातक तह चौथो वर्षमा अध्ययनरत गोरखाकी सृष्टि पन्तको ज्यान गएपछि काठमाडौंको सुकेधारा तनावग्रस्त बन्न पुग्यो ।
गोरखा स्थायी घर भएकी २१ वर्षीया पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको थियो । उतलाई तत्काल उपचारका लागि नजिकैको ओम अस्पतालमा पुर्याइए पनि उनलाई बचाउन सकिएन । उनको मृत्युपछि मृत्युपछि आक्रोसित उनका सहपाठीले बसमा आगजनीसँगै प्रदर्शन गर्दा सुकेधारा–चाबहिल क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । ।
काठमाडौं–भक्तपुर चल्ने बा ४ ख ५९२० नम्बरको बसले बिहाने पौने ६ बजे सृष्टिलाई ठक्कर दिएको थियो । पन्तको मृत्युपछि पशुपति क्याम्पस चाबहिलका विद्यार्थीहरुले मित्रपार्क क्षेत्रमा प्रदर्शन गरेका थिए । आक्रोसित विद्यार्थीहरुले काठमाडौं–भक्तपुर रुटमै चल्ने बा ४ ख ७१०४ नम्बरको अर्को बसमा समेत आगजनी गरेका थिए । आगजनी तथा तोडफोडको आरोपमा गौशाला प्रहरीले नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायत विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार