free website hit counter

साधारण शेयर निष्काशन गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक

beemaadmin
२०७६ मंसिर ३०, सोमबार

काठमाडौं । गत फागुन महिनाबाट औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यही मंसिर २९ गते प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । नेपालकै पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको बैंकको चुक्ता पूँजी १२ अर्ब, प्रतिशेयर आम्दानी ६.१०, प्रतिशेयर नेटवर्थ १०६.५७ रहेको बैंकको उक्त सभाले नियमनकारी निकायको स्वीकृति पश्चात जारी गर्ने गरी जम्मा ८ अर्ब रुपैंयाको शेयर संख्या ८ करोड सर्वसाधारणलाई निष्काशन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
उक्त सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले बैंकले समिक्षा अवधि सम्म हासिल गरेका उपलब्धिहरु, चालु आ।व।को लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीति बारे शेयरधनीहरुलाई जानकारी गराए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार