काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २० औं वार्षिक साधारण सभा, वित्तीय संस्थाको अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर सभाहलमा सम्पन्न भयो । साधारण सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७–७८ को आम्दानीबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्न र कर प्रयोजनका लागि नगद लाभांश १.३१५ प्रतिशत उपलब्ध गराउन स्वीकृति प्रदान गरेकोे छ । साधारण सभामा उपस्थित सबैलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा शिवरामप्रसाद कोइरालाले स्वागत गरेका थिए । कम्पनी सचिव झलेन्द्र भटृाराईले कार्यक्रम सञ्चालन गरे ।
सभामा वित्तीय संस्थाका अध्यक्षले सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वित्तीय संस्थाको जारी र चुक्तापुँजी रु १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७.६० पुर्याउन २० औं साधारण सभा समक्ष प्रस्ताव गरिएको छ । प्रतिवेदन अनुसार आ।व। २०७६र७७ को अन्त्यमा वित्तीय संस्थाको कुल सम्पत्ति रु २४ अर्ब ३८ करोड १० लाख रहेकोमा २०७७–७८ अन्त्यमा ७.१३ प्रतिशतले बृद्धि भई रु. २६ अर्ब १२ करोड पुगेको छ । आर्थिक वर्ष २०७७–७८ मा प्रति शेयर आम्दानी रु ४८.९४, प्रति शेयर बुक नेटवर्थ रु २२५.२४, निष्कृय कर्जा ०.६९ प्रतिशत, मूल्य आम्दानी अनुपात ३३.५१, र कुल पुँजी कोष १२.५८ प्रतिशत रहेको प्रतिवेदन सभामा प्रस्तुत भएको छ । २०७८ असार मसान्तमा वित्तीय संस्थामा लगानीमा बाँकी ऋण रु २४ अर्ब ५३ करोड पुगेको छ ।
वित्तीय संस्थाले लघु कर्जा सेवाका अतिरिक्त पशुपालन तथा तरकारी खेती कर्जा, साना तथा मझौला कृषि उद्यम व्यवसाय कर्जा, बैदेशिक रोजगारमा जाने र गई पर्केका युवाहरुलाई लक्षित गरी सुनौलो भविष्य र समृद्धि कर्जा, कृषि कर्जा, नविकरणीय उर्जा कर्जा, इजरायलमा युवाहरुलाई कृषि तालिम, पशुधन सुरक्षण, पशुधन सुरक्षण प्रवद्र्धन, कृषि तथा पशुपालन प्रवद्र्धन, सीप तथा क्षमता विकास, सामाजिकरसाुमदायिक विकास, साना किसान सहकारी अनुसरणमार्फत महिला सशक्तिकरण तथा नेतृत्व विकास जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ । अहिले वित्तीय संस्थामा आवद्ध १२३३ र आवद्ध हुने क्रममा रहेका १५७ समेत १३९० साझेदार सहकारी संस्थाहरु मार्फत देशका ७६ जिल्लाका १० लाख परिवारमा ७० अर्ब हाराहारीको लघु तथा कृषि वित्त सेवा पु¥याउँदै आएको यस वित्तीय संस्थाले आगामी दिनमा नेपालका ११ लाख परिवारमा सेवा पु¥याउने लक्ष राखेको छ ।
अन्तर्राष्ट्रिय सहयोगी संघरसंस्थाहरुसँगको समेत सहकार्यमा क्षमता विकास र सेवा विस्तारका कार्यहरु हुँदै आएका छन् । एशियाली विकास बैंकको ऋण सहयोग तथा नेपाल सरकारसँगको सहकार्यमा आव २०७७र७८ देखि ग्रामीण उद्यम लगानी परियोजना सञ्चालन गर्दै आएको छ । यो परियोजना अन्तर्गत ५ वर्ष भित्र सामुहिक ५० र व्यक्तिगत ५०० कृषि उद्यम सञ्चालनमा ल्याउने कार्यक्रम छ । कृषिलाई नाफामुलक व्यवसायकोरुपमा स्थापित गर्ने उद्देश्यले यो कर्जा कार्यक्रम सञ्चालन गरिएको हो ।