free website hit counter

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

beemaadmin
२०८३ जेष्ठ २१, बिहीबार

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जेठ १८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २८ लाख ५० हजार कित्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ७० हजार कित्ता सेयर जारी गरी बाँडफाँट गरिसकिएको छ।

Advertisement
Advertisement

स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बाँडफाँटपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि जारी गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

Advertisement
Advertisement

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

आईपीओ निष्कासन छिटोमा जेठ २१ गते र पर्याप्त आवेदन नपरेमा ढिलोमा असार १ गतेसम्म खुला रहने व्यवस्था गरिएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्।

यसका साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आईपीओका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हालेको छ।

सम्बन्धित समाचार